दुरदृष्टि
जिल्लाभरि ग्रामीण सडक, पुल र यातायात सञ्जाललाई सुदृढ बनाउँदै, सार्वजनिक भवन, शैक्षिक र स्वास्थ्य संस्थाका लागि आवश्यक पूर्वाधार विकास गर्ने; शहरी विकास र बसोबासका लागि योजनाबद्ध सहयोग पुर्याउने; भौतिक पूर्वाधार निर्माणमा गुणस्तर, लागत-प्रभावकारिता र समयपालनालाई प्राथमिकता दिने; स्थानीय जनताको माग, प्राथमिकता र सहभागितालाई समेटेर दीगो पूर्वाधार विकास कार्यान्वयन गर्ने; र प्रदेश तथा राष्ट्रिय स्तरका दीर्घकालीन विकास योजनासँग मेल खाने परियोजनाहरू सञ्चालन गरी जिल्लाको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्याउने।
लक्ष्य
योजनाबद्ध ढंगले सडक, पुल, आवास, भवन तथा शहरी पूर्वाधारहरूको विस्तार र स्तरोन्नति गरी दिगो र गुणस्तरीय भौतिक पूर्वाधार विकास सुनिश्चित गर्नु। साथै, प्रादेशिक सरकारको नीतिगत निर्देशनअनुसार जिल्ला स्तरमा पूर्वाधार विकासलाई प्रभावकारी बनाई ग्रामीण तथा शहरी क्षेत्र बीचको यातायात सञ्जाललाई सबल पार्दै जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासलाई तीव्र गति दिनु हो ।