जिल्लाभरिका प्रादेशिक तथा ग्रामीण सडक, पुल निर्माण गरि यातायात सञ्जाललाई सुदृढ बनाउँदै, सार्वजनिक भवन, शहरी विकासका लागि आवश्यक पूर्वाधार विकास गर्ने; शहरी विकास र बसोबासका लागि योजनाबद्ध सहयोग पुर्याउने; भौतिक पूर्वाधार निर्माणमा गुणस्तर, लागत-प्रभावकारिता र समयपालनालाई प्राथमिकता दिने; स्थानीय जनताको माग, प्राथमिकता र सहभागितालाई समेटेर दीगो पूर्वाधार विकास कार्यान्वयन गर्ने; र प्रादेशिक महत्वका परियोजनाहरू सञ्चालन गरी जिल्लाको समग्र विकासमा योगदान पुर्याउने।
योजनाबद्ध ढंगले सडक, पुल, आवास, भवन तथा शहरी पूर्वाधारहरूको विस्तार र स्तरोन्नति गरी दिगो र गुणस्तरीय भौतिक पूर्वाधार विकास सुनिश्चित गर्नु। साथै, प्रादेशिक सरकारको नीतिगत निर्देशन अनुसार जिल्ला स्तरमा पूर्वाधार विकासलाई प्रभावकारी बनाई ग्रामीण तथा शहरी क्षेत्र बीचको यातायात सञ्जाललाई सबल पार्दै जिल्लाको समग्र विकासलाई तीव्र गति दिनु हो ।